दरबन्दी मिलानमा असहमति जनाउदै धर्नामा बसेका शिक्षक र प्रहरीबीच झडप, १२ जना घाइते — OSNepal

दरबन्दी मिलानमा असहमति जनाउदै धर्नामा बसेका शिक्षक र प्रहरीबीच झडप, १२ जना घाइते

LC (KTM) August 20, 2021 0

कञ्चनपुर, ४ भदौ -भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलानमा असहमति जनाउदै धर्नामा बसेका नेपाल शिक्षक संघ आवद्ध शिक्षक र सुरक्षाकर्मीबीच झडप भएको छ । झडप क्रममा १२ जनाभन्दा बढी घाइते भएका छन । आफूमाथि ढुङ्गा प्रहार हुन थालेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरिएको छ । सुरक्षाकर्मीले ढुङ्गा प्रहार रोक्न नगरपालिका कार्यालयबाट अश्रुग्याँस प्रहार गरेका हुन् ।

प्रत्यक्षदर्शीकाअनुसार सुरक्षाकर्मीलाई लुकेर ढुङ्गा र सिसा प्रहार गरिएको छ । उनीहरुलाई भगाउन अश्रुग्याँस प्रहार गरिएको छ ।कांग्रेस कार्यकर्ताले शिक्षक संघको धर्नामा ऐक्यवद्धता जनाउँदै नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने क्रममा सुरक्षाकर्मीसित झडप भएको थियो । झडपपछि उनीहरु सबैलाई बाहिर पठाइएको छ ।

नगरपालिका कार्यालयभित्र रहेका कार्यकर्तालाई पनि प्रहरीले अश्रग्याँस प्रहार गरी बाहिर पठाएको छ । कांग्रेस कार्यकर्ताले सुरक्षाकर्मीको लाठी खोसेछि झडप हुन पुगेको हो ।

झडपपछि नगरपालिका कार्यालय तनावग्रस्त बनेको छ । नगरपालिका कार्यालयमा सुरक्षाकर्मी व्यापक रुपमा परिचालन गरिएको छ । नगरपालिका कार्यालयका कामकाज अवरुद्ध हुन पुगेका छन् । नेपाल शिक्षक संघसम्बद्ध शिक्षकहरु एक महिनादेखि दरबन्दी मिलानको कार्य सच्याउनु पर्ने माग राख्दै धर्नामा बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर