पाइपलाइन विस्तारका क्रममा घर भत्कियो — OSNepal

पाइपलाइन विस्तारका क्रममा घर भत्कियो

Kesh Karki (USA) August 20, 2021 0

काठमाडौँको सामाखुशीमा मेलम्चीको खानेपानीको पाइपलाइन विस्तारका क्रममा घर भत्किँदा एकजना गम्भीर घाइते भएका छन् । काठमाडौँ महानगरपालिका–२६ म्हैपीमा पाइपलाइन विस्तारका क्रममा तनहुँका ५७ वर्षीय प्रल्हाद केसी गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख रमेश विष्टले जानकारी दिनुभयो ।

घाइते केसीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । पछिल्लो समय काठमाडौँको सामाखुशी र टोखाका विभिन्न क्षेत्रमा पाइपलाइन विस्तारको कामलाई तीव्रता दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर