लगातारको वर्षाका कारण पहिरो खस्दा बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध,सवारी साधन रोकिँदा यात्रु अलपत्रमा — OSNepal

लगातारको वर्षाका कारण पहिरो खस्दा बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध,सवारी साधन रोकिँदा यात्रु अलपत्रमा

LC (KTM) August 20, 2021 0

लगातारको वर्षाका कारण पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

पहिराले बिहान ६ः०० बजेदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण प्रभावित भएको प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारी साधन ठप्प छन् । सवारी साधन रोकिँदा यात्रु पनि अलपत्र परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर