आज देशका यी स्थानमा मेघगर्जन सहित ठूलो पानी पर्ने — OSNepal

आज देशका यी स्थानमा मेघगर्जन सहित ठूलो पानी पर्ने

LC (KTM) August 20, 2021 0

काठमाडौं-अहिले पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ । देशभर सामान्य देखि पूर्ण बदली रहि प्रदेश नं १, बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको देखिन्छ। न्युन चापिय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको छ । आज प्रदेश नं १, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर