१३ दिनपछि भुतपुर्व गोर्खाहरुको अनशन तोडियो — OSNepal

१३ दिनपछि भुतपुर्व गोर्खाहरुको अनशन तोडियो

LC (KTM) August 19, 2021 0

काठमाडौँ ३ भदौ । १३ दिनपछि भुतपुर्व गोर्खाहरुले अनशन तोडेका छन् ।

भुतपुर्व ब्रिटिश सैनिकहरुले जस्तो समान पेन्सन लगायतका माग गर्दै अनशन बसेका भुपू गोर्खाहरुले आज अनशन तोडेका हुन् ।

बेलायत सरकारले अनसन बसेका भूपु गोर्खाहरुको माग एक महिना भित्र नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि भूपु गोर्खा संघर्ष समितिबीच सहमति हो ।

प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बस्ने ज्ञानराज राई, पुष्पा घले र धन गुरुङलाई बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल र बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितिमा जुस पिलाएर अनसन तोडिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर