‘गोर्खा चाइनिज इटा’ को उत्पादन सुरु, देशै भरि विक्रीवितरण हुने — OSNepal

‘गोर्खा चाइनिज इटा’ को उत्पादन सुरु, देशै भरि विक्रीवितरण हुने

LC (KTM) August 19, 2021 0

काठमाडौं, भदौ ३- गोर्खा इको रेड व्रिक्स प्रालिले ‘गोर्खा चाइनिज इटा’ को उत्पादन पुन ः सुरु गरेको छ । काभ्रेपलान्चोक जिल्लाको बनेपा बासडोलस्थित उद्योगबाट पुनः इटाको उत्पादन थालेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराम देउपालाले उपभोक्ताको माग बमोजिम पुनः इटा उत्पादन सुरु गरेको जनाए ।

कम्पनीले पहिलो पटक २०७६ मंसिरबाट इटको उत्पादन थालेको थियो । तर कोभिडका कारण उद्योग बन्द गर्नुपरेको थियो ।उत्पादन थालिएसँंग देशभरि इटाको विक्रीवितरण पनि थालेको कम्पनीले जनाएको छ । ग्राहकवर्गमा गुणस्तरीय तथा सस्तो दरमा आफ्नो उत्पादान विक्री वितरण गर्ने कम्पनीले जनाएको छ । ग्राहकको सन्तुष्टी नै हाम्रो चाहाना भन्ने मुलमन्त्रलाई आत्मासाथ गर्दै गुणस्तरिय उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका इटाहरु चार वटै सतह चिल्लो रहेको हुन्छ । काँंचो इटो बन्ने क्रमदेखि पोलेको इटा तयार हुँंदासम्मको सवै प्रक्रिया मेशिनबाटै हुने भएकाले यस प्रविधिबाट बनेको इटाको चार वटै सतह चिल्लो हुने जनाइएको छ । यो प्रविधिमा सुरुवाती माटो तथा नरम ढुंगा प्रशोधन (मुछ्ने) देखि लिएर काँंचो इटा उत्पादन तथा पोल्नेलगायतका सवै काम वैज्ञानिक रुपमा व्यवस्थित गरी मेशिनबाटै हुने जनाइएको छ ।

कम्पनीले जनाए अनुसार यो प्रविधिबाट इटा बनाउँंदा काँंचो इटालाई घाममा नसुकाई डा«इ टनेलमा पठाई सुकाइन्छ । यसपछि फायर टनेलमा आठ सयदेखि नौ सय डिग्रीसम्मको तापक्रममा राखेर इटा पोल्ने गरिन्छ । फायर्रिग टनेलमा भएको तातो हावालाई डाइ टनेलमा लगी काँंचो इटा सुकाउने गरिन्छ । यसका लागि तापक्रम नाप्न तापक्रम मापन यन्त्र (थर्माेमिटर) पनि जडान गरिएको छ ।

थर्माेमिटरमा तापक्रम हेरी आवश्यकता अनुसार कोइला थपी इटा पोल्ने गरिन्छ । यसले गर्दा इटा एकनासले पाकेर निस्किन्छ ।उत्पादनको कुनै पनि प्रक्रियाको दौरानमा धुलो नउडने र न्युन मात्रामा मात्रै धूवाँ निस्कने सुरुङ भट्टी (टनेल क्लिन) प्रविधिबाट गोर्खा चाइनिज इँटा उत्पादन यसको एउटा विशेषता रहेको कम्पनीले जनाएको छ । इँटा उत्पादनमा यो प्रविधि नेपालमा मात्र नभएर दक्षिण एशियामा नै नौलो र अत्याधुनिक रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर