काठमाडौं ३ भदौ । नेकपा ९एमाले० का उपाध्यक्ष डा. भीमबहादुर रावलले आफु अझैँ पनि पार्टी एकताको पक्षमा भएको बताएका छन् ।
नेता रावलले आफु अध्यक्ष केपी ओली र माधव नेपालबिच एकता हुने गरी लागि परेको बताएका छन् । आफु विभाजनको पक्षमा नभएको बताएका रावलले पत्रकार ऋषि धमलासँग कुरा गर्दै
यस्तो बताएका हुन् ।
अझै दुई चार दिन यसको लागि काम गर्ने बताएका उनले आफु कुन पक्षमा जाने विषयमा भने स्पष्ट पारेका छैनन् । हिजो बुधबार मात्र नेता नेपालले एमाले समाजवादी दल दर्ताको लागि निवार्चन आयोगमा निवेदन दिएका छन् ।
अध्यक्ष ओलीको पछिल्लो समयको गतिविधिबाट अग्गिएर नेपाल पक्षलाई साथ दिएका रावल हिजो आयोगमा समेत उपस्थित भएनन् पार्टी एकताको लागि गठित कार्यदलको नेपालको पक्षबाट संयोजक भुमिका निवार्ह गरेका रावल एकताको लागि लागि परेका छन् ।