काठमाडौं ३ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माधव नेपालको नेकपा एमाले (समाजवादी) मा जाने घोषणा गरेका छन् ।
सवगतमा आफुले एकताको जिम्मा दिनुहोस् भन्दा अध्यक्ष केपी ओलीले नदिएको बताएका गौतमले अब नेपालले आफुलाई त्यो जिम्मा दिनेमा विश्वास भएकाले नेपाल तिर गएको आज एक भर्चुअल कार्यक्रम मार्फत उद्घोष गरेका हुन् ।
आफु पक्षीय नेता कार्यकर्तासँगको छलफलपछि आफु एमाले समाजवादी तिर जान लागेको बताएका हुन् । उनले भने, ‘केपी ओलीलाई म एकता गर्छु जिम्मा दिनुहोस् भन्दा दिनुभएन । माधव नेपालले एकताको जिम्मा दिनुहुन्छ त्यसैले उहाँतिर जान्छु ।’ उक्त भर्चुअल बैठकमा गौतमले भने ।
पराजित गरेपछि मात्र ओली सुध्रने बताएका गौतमले नेपालको पक्षमा रहेर एकताका लागि काम गर्ने र एक डेढ वर्षभित्र एमाले हुँदै सम्पूर्ण बामपन्थी एकता हुने दावी गरेका समेत गरेका छन् ।