काबुल बिमानस्थलमा अमेरिकी बिमान बाट झरेका यी अफगानी नागरिकको दुःख लाग्दो कहानी — OSNepal

काबुल बिमानस्थलमा अमेरिकी बिमान बाट झरेका यी अफगानी नागरिकको दुःख लाग्दो कहानी

LC (KTM) August 19, 2021 0

अ फगानिस्तानमा ता लिवानको नियन्त्रण पछि त्यहाँको जनजिवन नराम्रो संग प्रभावित भएको छ । सामाजिक सञ्जालमा कैयौ यस्ता भिडियोहरु भाइरल भएका छन् जसमा अफगानी नागरिक काबूल एयरपोर्टमा यता उता भौतारि रहेका छन् ।

ता लिवानको डरले त्यहाँका नागरिक कसै गरेर भए पनि आफ्नो देश छोड्न कोशिश गरिरहेका छन् । यसैक्रममा एउटा भिडियो भाइरल भएको थियो जसमा अमेरिकी सेनाको प्लेनबाट एक ब्यक्ति तल खसिरहेका थिए । उक्त प्लेनबाट तल झर्ने केटा १७ बर्षका रहेका थिए ।

उक्त युवकको नाम रेजा हो (काल्पनीक नाम) रेजा आफ्नो १६ बर्षको भाई कबीर (काल्पनीक नाम) संग एयरपोर्ट भागेर पुगेका थिए । अमेरिकी सेनाको प्लेनबाट खस्ने रेजाको शव परिवार लाई बुझाई सकिएको छ । तर भाई कबीरको बिषयमा भने उनीहरु लाई अहिले सम्म कुनै जानकारी मिलेको छैन ।

यी दुबै युवालाई भ्रम थियो कि अफगानिस्तान बाट २० हजार लाई क्यानडा तथा अमेरिका लैजादैछ । ता लिवान देखी डराएर उनीहरु दुबै जना दाजुभाई एयरपोर्ट पुगेका थिए । उनीहरु दुबै जना परिवारलाई नभनि सिधै एयरपोर्ट पुगेका थिए । उनीहरुले आफ्नो ब्यक्तिगत परिचय पत्र घर बाट लिएर सिधै एयरपोर्ट पुगेका थिए ।

उनीहरु ता लिवानको राजमा बस्न चाहदैन थिए । अमेरिकी बिमान जब काबुल एयरपोर्ट बाट निस्किन लागेको थियो त्यतिबेला एकदमै भीड लाग्यो । उनीहरु प्लेनको रनवे मा भागदौड गर्न थाले । प्लेन बाट झरेर ३ जनाको मृ त्यु समेत भयो ।

रेजा तथा कबीरको ६ जना भाई बहिनीहरु रहेका छन् । उनीहरु दुई जना अरु भन्दा ठुला थिए । रेजालाई फेशनका कपडा लगाउन, बक्सिंग खेल्न तथा सामाजिक सञ्जाल प्रयोग गर्न एदमकै मन लाग्थ्यो । उनी पनि अरुहरु जस्तै डराएका थिए । किनभने उनलाई स्वतन्त्रता चाहिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर