ओलीको पक्षमा लागेर काम गर्न सकिँदैन कहीँ पुग्न सकिँदैन अब नेता नेपाललाई साथ दिन्छु - वामदेव गौतम — OSNepal

ओलीको पक्षमा लागेर काम गर्न सकिँदैन कहीँ पुग्न सकिँदैन अब नेता नेपाललाई साथ दिन्छु – वामदेव गौतम

LC (KTM) August 19, 2021 0

काठमाडौं, भदौं ३ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले केपी ओलीसँग काम गर्न नसकिने भन्दै आफुले माधब नेपाललाई साथ दिने बताएका छन् ।नेकपा फुटेयता पार्टी एकता अभियान चलाउँदै गौतमले बिहीबार भने नेपालतिर लाग्ने आफूनिकटका नेता कार्यकर्तालाई जानकारी गराएका छन् । गौतमले समाजवादीको नेतृत्व गरेका नेता नेपाललाई साथ दिने तर ओलीसँग  रहन नसक्ने बताएका छन् ।

अब एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढने भन्दै गौतमले ओलीको पक्षमा लागेर एमाले पार्टीका लागि केही गर्न नसकिने बताए । ओलीको पक्षमा लागेर, उनीसँग हिँडेर केही गर्न सकिँदैन, कहीँ पुग्न सकिँदैन ।

अब हामीसँग विद्रोह नै विकल्प हो । उनले भने । नयाँ पार्टीलाई अहिलेको एमालेभन्दा शक्तिशाली बनाउने अभियानमा लाग्ने उनले बताए । अझै पनि पार्टी एकताको सम्भावना रहेको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर