नेपाललाई अध्यक्ष हुने रोग लागेकोले पार्टी विभाजन गरेका हुन् : ओली — OSNepal

नेपाललाई अध्यक्ष हुने रोग लागेकोले पार्टी विभाजन गरेका हुन् : ओली

LC (KTM) August 19, 2021 0

काठमाडौं ३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष हुनकै लागि माधव नेपालले पार्टी विभाजन गरेको आरोप लगाएका छन् ।

हिजो बुधबार नेपाल पक्षले एमाले समाजवादी पार्टी दर्ता गरेसँगै पहिलो पटक बोलेका ओलीले नेपालाई अध्यक्ष हुने रोग लागेको बताएका हुन् ।

‘माधव नेपाललाई अध्यक्ष हुनैपर्ने रोग छ, एक्लै भएपनि अध्यक्ष हुनुपर्ने ‘ओलीले भने । जिम्मेवारी जे छ पूरा गर्नुपर्छ, पद नै सबथोक होइन भनेका ओलीले समय आएपछि जिम्मेवारी पाइने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर