काठमाडौँ ३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटालाई पदमा रहने कि पार्टीको कार्यकर्ता हुने भन्दै रोज्न सुझाव दिएका छन् ।
अध्यक्ष ओलीले माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गर्न किन ढिलाई भएको भन्दै सभामुखलाई ‘सभामुख न्यायाधीश होइन, सूचना टाँसिदिने हो भनी यस्तो सुझाव दिएका हुन् ।
गत भदौ १ गते कारवाही गरेको पत्र पठाउदा पनि किन ढिलाई भएको भन्दै ओलीले आज आक्रोश पोखेका हुन् ।
माओवादीको कार्यकता भएर नेकपा एमाले विरुद्ध काम नगर्न चेतावनी दिएका ओलीले सापकोटालाई प्रश्न गर्दै भनेका छन्, ‘संसद चलाउनु छ कि छैन ? सभामुख हुनु छ कि छैन ?
सभामुख भएपछि निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ, होइन भने सभामुख छोडिदिए पनि हुन्छ भन्दै सापकोटालाई सुझाव दिएका छन् ।