काठमाडौँ ३ भदौ । निवर्तमान बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आफ्नै निजी निवास फर्किएका छन् ।
नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य हिजो बुधबार बागमती प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएपछि आज पौडेल अध्यक्ष केपी ओलीकै शैलीमा निवास फर्किएका हुन् ।
नेकपा एमालेका कार्यकर्ताले डीएम बा वी लभ यू’, ‘नेकपा एमाले’ जिन्दावाद भन्दै नारा सहित मुख्यमन्त्रीलाई गाडी र मोटरसाइकलले स्कर्टिङ गरी निवास पुर्याएका छन् । अध्यक्ष ओली बालकोट जाँदा पनि केपी बा यू लभ भन्दै निवास पुर्याएका थिए ।