काठमाडौँ ३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारवाही प्रक्रिया अगाडी बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई दवाव दिएका छन् ।
एमालेका प्रमुख सचेत विशाल भट्टराईसहित केहि नेताहरुले आज सभामुख सापकोटासँग भेट गरी कारबाही प्रक्रिया तत्काल अगाडी बढाउन आग्रह गरेका हुन् । नेपाललाई नेकपा एमालेको केन्द्रीय समितिले कारबाही गरिसकेको भन्दै त्यसको कार्यान्वयनमा ढिलाइ नगर्न भन्दै आज सभामुखसँग भेट गरेका हुन् ।
जवाफमा सापकोटाले विधि, प्रक्रियाअनुसार आफूले निर्णय गर्ने जनाइएको छ । सापकोटालाई भेट्न गएका एमालेका एक नेताले सभामुखलाई निर्वाचन आयोगबाट दल दर्ता स्वीकृत होस् भन्ने कुनै छुट नभएको भन्दै यो दलीय व्यवस्था हो । दलले निष्कासन गरेपछि स्वतः कार्यान्वयनमा जाने हो, यसमा सभामुखले त खाली सूचना टाँस्ने मात्र काम भएको बताएका छन् ।