राजनीतिक दल सम्बन्धि अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दायर — OSNepal

राजनीतिक दल सम्बन्धि अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

LC (KTM) August 19, 2021 0

काठमाडौँ ३ भदौ । गठवन्धन सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धि अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

विभिन्न कानून व्यवसायीहरुले संविधानसँग बाझिएकाले उक्त अध्यादेश खारेज हुनु पर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । सरकारको सिफारिसमा हिजो बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी थिइन् ।

अध्यादेशमा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्था गरिएको छ । अध्यादेश जारी भएसँगै नेकपा एमाले र जनता समाजवादी फुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर