माधव नेपालको साथ छाडेपछि अष्टलक्ष्मी शाक्यको चम्कियो भाग्य, विहीवार मुख्यमन्त्री पदको सपथ लिने — OSNepal

माधव नेपालको साथ छाडेपछि अष्टलक्ष्मी शाक्यको चम्कियो भाग्य, विहीवार मुख्यमन्त्री पदको सपथ लिने

LC (KTM) August 18, 2021 0

मकवानपुर, २ भदौ । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भोलि बागमती प्रदेशको मुख्यमन्त्रीको सपथ लिने भएकी छन् । माधव नेपालको साथ छाडेर एमाले प्रदेश संसदीय दलको नेता rयन भएकी शाक्यले विहीवार मुख्यमन्त्री पदको सपथ लिने तयारी भएको नेताहरुले बताएका छन् ।

बागमतीका मुख्यमन्त्री एवं प्रदेश संसदीय दलका नेता डोरमणि पौडेलले बुधवारै राजीनामा दिएपछि शाक्य दलको नेतामा शाक्य चुनिएकी हुन् । विभाजनमा नलाग्ने भन्दै नेपाल समूहको नयाँ पार्टीमा नलागेकी शाक्य एमालेका तर्फबाट बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्न लागेकी हुन् ।

शाक्यले भोलि विहीबार मुख्यमन्त्रीको सपथ लिने तयारी भएको जनाइएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई बिदामा रहेकाले सपथको कार्यक्रम भोलिका लागि तय भएको एमाले प्रदेश कमिटीले जनाएको छ ।

केन्द्रमा पार्टी विभाजन भएर नयाँ दल दर्ता भइसक्दा बागमती प्रदेशमा भने एमालेमा नयाँ मोड आएको छ । यसअघि अध्यक्ष केपी ओलीको खुलेरै विरोध गर्दै आइरहेकी शाक्यलाई संसदीय दलको नेता चयन गर्दै मुख्यमन्त्री बनाउने एमालेको तयारीले नयाँ तरङ्ग ल्याएको हो ।

एमालेको एकल बहुमत रहेको बागमती प्रदेशमा ओली र नेपाल खेमाको विवाद सुरुदेखि नै रहँदै आएको थियो । पौडेललाई संसदीय दलको नेता तथा मुख्यमन्त्रीबाट राजीनामा गराएर शाक्यलाई मुख्यमन्त्री बनाउँदै पार्टी विभाजन रोक्न अध्यक्ष ओलीले निर्देशन दिएपछि सोही बमोजिम गरिएको जनाइएको छ ।

एमाले बागमती प्रदेशमा पार्टी विभाजनमा को कतातिर भन्ने विषयमा अहिले केही भन्न नसकिने प्रदेशसभा सदस्य मुनु सिग्देलले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर