प्रचण्डले एमालेमा खैलाबैला बनाउने काम मात्रै गरे भन्दै गर्जिए ओलीका यि विश्वासपत्र — OSNepal

प्रचण्डले एमालेमा खैलाबैला बनाउने काम मात्रै गरे भन्दै गर्जिए ओलीका यि विश्वासपत्र

LC (KTM) August 18, 2021 0

बुटवल, २ भदौ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले नेकपा अन्तरसंघर्षकै कारण प्रतिनिधिसभा विघटन भएको बताएका छन् ।

उनले बहालवाला प्रधानमन्त्री तथा पार्टी अध्यक्षमाथि अभियोगपत्र राजनीतिक प्रस्तावका रुपमा ल्याएपछि नेकपाभित्र अन्तरसंघर्ष चर्किएको बताए । नेकपा एमाले बुटवल उपमहानगरले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै केपी शर्मा ओलीले पार्टीभित्रको अन्तरसंघर्षकै कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका हुन् ।

एमालेका अधिकांश नेताहरुले विकल्प नै नभएर प्रतिनिधिसभा विघटन गरेको बताउने गरे पनि ओलीनिकट नेता पोखरेलले भने नेकपाभित्रको अन्तर्विरोधको परिणाम संसद विघटन भएको उल्लेख गरेका हुन् । ‘नेकपाभित्र अन्तरसंघर्ष हुँदैन्थ्यो भने बहालवाल प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन किन गर्नुपर्थ्यो, गर्ने कुरै हुँदैनथ्यो’ नेता पोखरेलले भने । उनले तत्त्कालीन नेकपाभित्रको राजनीतिक संकट निम्त्याउने पात्र भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड नै भएको आरोप लगाए ।

‘नेकपादेखि अहिलेको राजनीतिक घटनाको पृष्ठभूमि प्रचण्ड र उनलाई साथ दिनेहरु हुन,’ उनले भने । उनले प्रचण्डको अस्थिर चरित्र नै राजनीतिक रुपमा विभाजनको मूल कारक रहेको बताए । ‘आन्दोलनकारी, अभियन्ताजस्तो देखिनुभयो प्रचण्डजी, त्यसैले माओवादी आन्दोलनका पूराना नेताहरु पाखा लाग्नुभएको रहेछ,’ उनले भने ।

उनले नेकपा एकतामा समेत प्रचण्ड इमान्दार नदेखिएको बताउँदै ओलीलाई एकताविरोधी बनाउन खोजिएको बताए । अध्यादेश ल्याएर एमाले विभाजन गराउने खेलमासमेत प्रचण्ड लागेको नेता पोखरेलको आरोप छ । उनले माधव नेपालले एमालेलाई १५ बर्षसम्म एकल नेतृत्व गरेको बताउँदै त्यस्तो नेताले अध्यक्ष हुन खोजेपछि नै समस्या सृजना भएको बताए । उनले प्रचण्डसँग मिलेर माधव नेपालले ओलीलाई राजनीतिक रुपमा विस्थापन गर्न खोज्नु नै कम्युनिस्ट आन्दोलनको दुर्भाग्य भएको बताए ।

उनले तत्कालीन समयमा ओलीले ल्याएको अध्यादेशलाई ओलीमाथिको प्रहार गर्ने माध्यम बनाइएको बताए । अहिले चर्को विरोध गर्नेहरुले अध्यादेश ल्याएर चोखो बन्न खोजेको उनको टिप्पणी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर