प्रधानमन्त्री देउवाद्वारा गुरुङको निधनप्रति दुःख व्यक्त — OSNepal

प्रधानमन्त्री देउवाद्वारा गुरुङको निधनप्रति दुःख व्यक्त

Kesh Karki (USA) August 18, 2021 0

नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङकी ममतामयी माता प्यारी गुरुङको निधनप्रति दुुःख व्यक्त गर्नुुभएको छ । उहाँको ९२ वर्षको उमेरमा मङ्गलबार निधन भएको हो ।

प्रधानमन्त्री देउवाले आज शोक विज्ञप्ति जारी गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–२ निवासी गुरुङको निधनबाट प्रधानमन्त्री देउवाले एक अग्रज व्यक्तित्व गुमाएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर