काठमाडौं, २ भदौ । महन्थ ठाकुरको अध्यक्षतामा जसपा लोकतान्त्रिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ ।
जसपाको आधिकारिता उपेन्द्र यादव समूहले पाएपछि ठाकुरले नयाँ दल दर्ता गर्न प्रक्रिया सुरु गरेका हुन् । २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोदेखि जेल जीवन बिताइरहेका रेशम चौधरीसम्मको नाम रहेको छ । ठाकुर समूहले नयाँ दलको चुनाव चिह्नमा साइकल प्रस्ताव गरेका छन् ।
बुधबार राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०६८ जारी भएसँगै ठाकुर समूह नयाँ दल दर्ताका लागि आयोग निवेदन दिएको हो ।
बुधबार आयोगमा बुझाएको केन्द्रीय कार्यकारिणी समिति सदस्यमा ठाकुर, महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ला, वृषशचन्द्र लाल, जितेन्द्र सोनल, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, राजकुमार लेखी, केवशकुमार झा, अकवाल अहमद शाह, निर्जला राउत, सुनील कुमार झा (रोहित), दानबहादुर विश्वकर्मा, शेखर कुमार सिंह, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारी देवी खंग खत्वे, कलुदेवी विश्वकर्मा र रेशम चौधरी रहेका छन् ।