काठमाडौं २ भदौ । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले आज बुधबार पदभार ग्रहण गरेका छन् ।
शान्ति र अमनचयनका लागि काम गर्ने प्रतिवद्धताका साथ आज मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा झाले पदभार ग्रहण गरेका हुन् ।
उनलाई स्वागत गर्न जनकपुर विमानस्थलमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादवसहित कांग्रेसका केही नेता पुगेका छन् ।