प्रदेश १ मा आज ८४१ जना कोरोना संक्रमित , एकै दिनमा ११ जनाको गयो ज्यान — OSNepal

प्रदेश १ मा आज ८४१ जना कोरोना संक्रमित , एकै दिनमा ११ जनाको गयो ज्यान

LC (KTM) August 18, 2021 0
uk corona

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा १३५–१३५, सुनसरीमा ८२, इलाममा २१, धनकुटामा १०, भोजपुरमा ३, पाँचथर, उदयपुर र ते¥हथुममा २–२, ताप्लेजुङ र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा ५९, विर्तामोडमा २०, अर्जुनधारामा १३, मेचीनगरमा ११, शिवसताक्षीमा ८, कनकाई र भद्रपुरमा ७–७, कमल गाउँपालिकामा ४, गौरादह र बुद्धशान्तिमा ३–३, मोरङको विराटनगरमा ५१, लेटाङमा २३, बेलबारीमा २२, पथरीशनिश्चरेमा १६, उर्लाबारीमा १०, सुन्दरहरैचामा ४, रतुवामाईमा ३, रंगेली र मिक्लाजुङमा २–२, कानेपोखरी र केराबारीमा १–१ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको इटहरीमा ४८, धरानमा २७, इनरुवामा ३, बराहक्षेत्रमा २, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१, इलामको रोङमा १३, इलाम नगरपालिकामा ४, चुलाचुलीमा २, सुर्योदय र सन्दकपुरमा १–१ जनामा संक्रमण देखिएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रिवासमा २, साँघुरीगढी र स्थानीय तह नखुलेका १–१, भोजपुरको षडानन्दमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिम र फालेलुङमा १–१, उदयपुरको त्रियुगामा २, ते¥हथुमको म्याङलुङमा २–२, ताप्लेजुङ र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१७ महिला र १९२ पुरुष रहेका छन । पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर