काठमाडौं २ भदौ । अन्तत लामो एकताको प्रयास पछि पनि नेकपा एमाले फुटेको छ । वरिष्ठ नेता माधव नेपाल समुह नेकपा एमाले समाजवादी नयाँ दलको दर्ता गर्ते तयारीमा लागेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले दल विभाजन गर्न २० प्रतिशत केन्द्रिय समिति पुर्याए पुग्ने नियम राख्दै अध्यादे जारी गरेपछि नेपाल समुह अब नयाँ दलको दर्ताको तयारीमा लागेको हो । तथापी, दोस्रो तहका नेताहरु भने पार्टी फुटाए नेपाल साथ नदिने भन्दै आएका छन् ।
भीम रावल र सुरेन्द्र पाण्डे, योगेश भट्टराई घनश्याम भुसाल भने पार्टी एकताको पक्षमा रहेका छन् । स्रोतको जानकारी अनुसार ५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको नेपाल समुहमा आज थप केहि सदस्यहरुले हस्ताक्षर गर्ने छन् ।
राष्ट्रपतिबाट अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्न आयोग जाने समेत बताइएको छ । नयाँ दलको अध्यक्ष भने माधव नेपाल नै हुने जनाइएको छ । अब दोस्रो तहका नेताहरु भने को कता जाने भन्ने विषयले महत्व पाएको छ ।