ओली सरकार र विपक्षी गठबन्धनलाई विफल पार्न एउटै अस्त्र 'महन्थ ठाकुर' ! कसका पक्षमा अब ठाकुर ? — OSNepal

ओली सरकार र विपक्षी गठबन्धनलाई विफल पार्न एउटै अस्त्र ‘महन्थ ठाकुर’ ! कसका पक्षमा अब ठाकुर ?

LC (KTM) May 18, 2021 0

काठमाडौं ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विफल बनाउन जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनहरु लागि परेका छन् । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले आफुले चाँडै विश्वासको मत लिने बताएपछि ओलीको साहार र विपक्षी गठबन्धनको ओलीलाई ढाल्ने अस्त्रका रुपमा ठाकुर निशानामा परेका छन् ।

ठाकुरको माग पुरा गरी आफ्नो सरकार जोगाउन लगातार ठाकुरसँग छलफल गरिहेका ओली गएको बैशााख २७ गते पनि संसदमा ठाकुर पक्ष तटस्थ बनिदिँदा संविधानको धारा ७६ को उपधारा ३ बामेजिम प्रधानमन्त्री बन्नसक्ने वातावरण र्सिजना भएको हो ।ओली प्रति सकारात्मक देखिएका ठाकुरलाई नेपाली कांग्रेस र माओवादी केन्द्रले भने प्रधानमन्त्री बनाई ओली सरकारलाई ढाल्न रणनिति बनाइरहेका छन् ।

यदि कांग्रेसका सभापति शेरबहादुर देउवा र अध्यक्ष प्रचण्ड ठाकुरलाई प्रधानमन्त्री बनाउन राजी भए बहुमतको प्रधानमन्त्रीका लागि धारा ७६ को उपधारा ५ बमोजिम अगाडि बढाउने तयारी समेत भइरहेको बुझिएको छ । ठाकुर प्रधानमन्त्री भए ओलीको प्रधानमन्त्री बन्ने सबै बाटो बन्द हुन्छ भने मुलुकलाई फेरि चुनावमा लाने योजना पनि विफल हुन्छ । तथापी ,कांग्रेस र माओवादी केन्द्रको समर्थनमा यदि ठाकुर प्रधानमन्त्री नभए ओली नै प्रधानमन्त्री रहने सम्भावना रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर