यस्तो अबस्थामा फेला परे धनजीत र प्रमोद — OSNepal

यस्तो अबस्थामा फेला परे धनजीत र प्रमोद

LC (KTM) August 18, 2021 0

प्रतिबन्धित लागुऔषधसहित प्रहरीले गोलबजार नगरपालिका–३ गागन पुलबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टि गाउँपालिका–३ का २२ वर्षीय प्रमोदकुमार यादव र सुखीपुर नगरपालिका–१० का २८ वर्षीय धनजीत यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले उनीहरुको साथबाट लागुऔषध नाइट्रोभेट ट्याबलेट ९०० पिस, अनटेष्ट पल्सर मोटरसाइकल एक थान, मोबाइल दुई थान र रु तीन हजार ३४६ समेत बरामद गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर