काठमाडौं भदौ २ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले दर्ता गर्ने पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिन्ह्र किताब हुने भएको छ ।
नेपाल पक्षका नेता डा. विजय पौडेलले आज एक कार्यक्रममा यस्तो खुलासा गरेका हुन् । उनले पार्टी विभाजन अध्यक्ष केपी ओली ले २०७७ फागुन २८ गते नै गरिसकेको बताएका छन् ।
‘पार्टी नेताहरुको सबै पद खारेज गरेर पार्टी विधानमै नभएको जम्बो महाधिवेशन आयोजक कमिटी बनाएको होइन ? हामी पार्टी फुटाउने जस्तो शब्द प्रयोग गर्दैनौं । नयाँ पार्टी गठन छरिएको बिस्कुन उठाउने कोसिस हो ।’कार्यक्रममा पौडेलले भने ।
वार्ता गरेजस्तो गर्ने, अलमलाइरहने, सम्मानजनक एकता गरौं भन्दा नमान्ने, प्रतिनिधिसभा विघटन गर्नु गल्ती थियो, यसलाई पूर्णकाल टिक्न दिनेछौं भन्ने एउटा वाक्य राखौं भन्दा नमान्ने ओली समुहमा आत्मलोचना र समिक्षा भन्ने शब्द नै नभएको बताएका छन् ।
ढोकामा मुंग्रो लिएर लखेट्न थालेपछि हामीले पनि ज्यान जोगाउनै पर्यो । गलहत्याएर लात्ती हानेपछि के गर्ने रु भन्दै प्रश्न गरेका नेता पौडेलले भने, ‘साथीहरु अब को सँग बस्ने भन्ने कुरा साथीहरुकै विचार हो । यो स्वतन्त्र छनोटको विषय हो ।’