काठमाडौँ २ भदौ । हिजो मंगलबार गठवन्धन सरकारले सिफारिस गरेको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशलाई राष्ट्रपति कार्यालयले केहि बेरमा जारी गर्ने तयारी गरिरहेको जनाइएको छ ।
चौतर्फी विरोध भइरहेको अध्यादेश जारी हुने राष्ट्रपतिको कार्यालयले जनाएको हो । राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार राष्ट्रपती विद्यादेवी भण्डारीको अध्यादेश रोक्ने कुनै मनशाय छैन । सरकारका निर्णय कार्यान्वयनको दायित्व राष्ट्रपतिले निर्वाह गर्दै आएको जनाइएको छ ।
केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले पार्टी विभाजन गर्न सक्ने व्यवस्था राखेर अध्यादेश ल्याएको थियो । तर यसको सत्तापक्षबाट नै विरोध भइरहेको छ ।