राती राती पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमले यस पटक मूल्य बढाएर देखायो यस्तो अचम्मको कारण — OSNepal

राती राती पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमले यस पटक मूल्य बढाएर देखायो यस्तो अचम्मको कारण

LC (KTM) May 18, 2021 0

काठमाडौं । कोभिड महामारीमा नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढायो । पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य १०६ रुपैयाँ पुगेको छ । महामारीमा जनतालाई राहत दिनुपर्ने बेला मूल्य बढाएको भन्दै निगमको आलोचना भएको छ ।

तर, नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले भने अन्तराष्ट्रिय बजारमै बढेकाले यहाँ पनि मूल्य बढाउनुपरेको तर्क गरे । निगमको कारण भन्दापनि अन्तर्राष्ट्रिय मूल्य र करको कारण महँगो भएको उनको भनाइ छ ।नागरिक दैनिकमा छापिएको छ ।

सरकारले इन्धनमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार शुल्क, प्रदुषण कर लिने गरेको छ । यसका अतिरिक्त निगमले ढुवानी खर्च, बिक्रेताको नाफा, निगमको व्यवस्थापन खर्च, मूल्य स्थिरिकरण कोषलगायत जोडेर भाउ निर्धारण गर्छ ।

मूल्य महँगो भएकाले सरकारले विभिन्न शीर्षकमा लिँदै आएको कर समायोजन हुनुपर्ने सरोकारवालाको जोड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर