अमेरिकी सरकारको बन्दोबस्तीमा काबुलबाट उद्धार गरिएका थप ८७ जना नेपाली काठमाण्डौ आइपुगे — OSNepal

अमेरिकी सरकारको बन्दोबस्तीमा काबुलबाट उद्धार गरिएका थप ८७ जना नेपाली काठमाण्डौ आइपुगे

LC (KTM) August 18, 2021 0

काठमाण्डौ – अफगानिस्तानको काबुलबाट उद्धार गरेर कुवेत पुर्‍याइएका थप ८७ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उनीहरु गएराति ११ बजे जजिरा एअरमाफर्त कुवेतबाट काठमाडौं आइपुगेका हुन् ।

अमेरिकी सरकारको बन्दोबस्तीमा नेपालीहरु काठमाण्डौ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । हिजो बिहान १ सय १८ जना नेपाली काठमाण्डौ आइपुगेका थिए ।नेपाल ल्याइएकामध्ये सबैको कोरोना परीक्षण गरिएको छ, संक्रमण देखिएकालाई उपचार पछि घर पठाइने र संक्रमण नभएकालाई सिधै घर पठाइने बताइएको छ ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३ सय ८५ मध्ये २ सय ५ जना नेपाल आइपुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर