काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब नयाँ पार्टी निर्माण गर्ने बताएका छन्। ६ वटा भातृसंगठनले काठमाडौंमा मंगलबार गरेको भर्चुअल कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन्।
अध्यक्ष केपी शर्मा ओलीमा सुध्रिने लक्षण नदेखिएको भन्दै ओलीले एकताको ढोका बन्द गरेको उनको भनाइ थियो ।’अब पार्टी पुनर्गठन हुनेछ। क्रान्तिकारी पार्टी बनाइनेछ’, नेता नेपालले भने ।
नयाँ पार्टी खोलिए पनि ओलीसँगको एकताको ढोका बन्द नगरिने नेता नेपालको भनाइ थियो । ‘ओलीले एकताको ढोका बन्द गरे तर हामी त्यस्तो गर्दैनौँ। अब नयाँ तरिकाबाट अघि बढ्छौँ’, उनले भने, ‘ओली सच्चिए भने चुनावसम्म पनि एकता हुन सक्छ। नभए चुनावमा गठबन्धन पनि हुन सक्छ।’राजधानी दैनिकमा खबर छ ।
ओलीको कारबाहीबाट नडराउने पनि बताएका नेपालले पार्टीको आधा पंक्तिलाई माइनस गरेका ओलीले १५ सिटे महन्थ ठाकुरलाई भने सरकारमा ११ वटा मन्त्री दिएको भन्दै आक्रोश पोखे।