मेघास्टार अनमोल केसीले खोपे अर्थपुर्ण ट्याटु, उनको ट्याटु हानेको तस्बीर सामाजिक सञ्जालमा एकै छिनमा भयो भाइरल — OSNepal

मेघास्टार अनमोल केसीले खोपे अर्थपुर्ण ट्याटु, उनको ट्याटु हानेको तस्बीर सामाजिक सञ्जालमा एकै छिनमा भयो भाइरल

LC (KTM) August 17, 2021 0

अन्य कलाकार जस्तो अनमोल केसी सामाजिक सञ्जालमा त्यती सक्रिय रहेका छैनन् । तर यो कोरोना महामारीको बेला उनी दर्शक तथा आफ्ना फ्यानहरुका लागि जोडीन सामाजिक सञ्जाल मार्फत आफ्नो बारेमा जानकारी भने दिईरहेका हुन्छन् ।

उनी आफ्नो खासै प्रचारबाजी चाहदैनन् तर पनि उनको चर्चा सधै हुने गरेको छ । उनी अहिले ट्याटुका कारण एकदमै चर्र्चामा रहेका छन् । उनले मंगलबार आफ्नो हातमा एउटा ट्याटू खोपाएका छन् । जसका कारण उनी एकदमै चर्चामा रहेका छन् सामाजिक सञ्जालमा । उनले अरुको जस्तो ट्याटु खोपाएका छैनन् ।

आफ्नो शरीरको कुनै अंगमा चित्र तथा कसैको नाम लेख्ने चलन रहेको छ तर उनको ट्याटु भने भिन्न प्रकृतिको रहेको छ । उनले आफ्नो देब्रे हातमा अंग्रेजी शब्द इम्पोसिबल लेखिएको ट्याटु खोपाएका छन् । जसमा उनले अघिल्ला दुई अक्षर आइ र एम लाई काटेका छन् । उनले ट्याटूमार्फत यो संसारमा असंभव भन्ने चिज नै छैन भन्ने सन्देश दिन खोजेका छन् ।

उनले आफ्नो ट्याटू बनाएको फोटो सामाजिक सञ्जालमा अप्लोड गर्दै क्याप्सनमा लेखेका छन् इम्पोसिबल इज नथिङ अर्थात असम्भव भन्ने कुरै छैन ।’ उनको यो ट्याटुले सामाजिक सञ्जाल पुरै तताई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर