‘डाँडाको बरपीपल’मा भुवन र शिवसहित यि चर्चित कलाकारले पनि खेल्ने पक्का, ६० दिन लगाएर गरिनेछ फिल्मको सुटिगं — OSNepal

‘डाँडाको बरपीपल’मा भुवन र शिवसहित यि चर्चित कलाकारले पनि खेल्ने पक्का, ६० दिन लगाएर गरिनेछ फिल्मको सुटिगं

LC (KTM) August 17, 2021 0

नेपाली फिल्म नगरीमा सदावहार अभिनेताको ट्याग पाएका भुवन केसी र एक्सन स्टार शिव श्रेष्ठले पहिलो पटक ‘२५ बसन्त’ मा काम गरेका थिए । त्यसपछि केहीँ पाकिस्तानी फिल्मसँगै चिनो, राँको, सपना लगायतका सफल फिल्ममा काम गरिसकेका शिव र भुवन निर्देशक शोभित बस्नेतको ३१ औं फिल्म ‘डाँडाको बरपीपल’मा अनुबन्ध भएका छन् । झन्डै १६ वर्ष अगाडि राजु, राजा, राम फिल्ममा भुवन र शिवले राजेश हमालसँग स्क्रिन शेयर गरेका थिए । जसलाई पनि शोभितले नै निर्देशन गरेका थिए ।

शिव र भुवनको फिल्म यात्रा उस्तै-उस्तै समयको भएता पनि यी दुईले औंलामा गन्न सकिने फिल्ममा मात्रसँगै काम गरेका छन् । भुवन यसलाई संयोग मान्छन् । उक्त समयमा कम फिल्म बन्ने र सेड्युल नमिलेको कारण मात्र अभिनयसँगै नभएको भुवन बताउँछन् । उनले यतिबेला फिल्म गर्नुको कारण शोभितको निरन्तरतालाई दिए । ‘शोभितले फिल्म निर्माण तथा निर्देशनमा दिइरहेको निरन्तरताले मलाई फिल्म गर्न बाध्य बनायो । उ पुरानो फिल्मकर्मी हो, त्यसैले उसको निरन्तरतामा मेरो साथ छ,’ भुवनले भने ।

निर्माण पक्षले भुवनलाई अनुबन्धित गरेसँगै छायांकनको सेड्युल आगामी भदौ ५ बाट तय गरेको छ । काठमाडौं र चित्लाङ आसपासमा खिचिने फिल्मको छायांकन अवधि ६० दिनको रहनेछ । फिल्ममा गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञानकुमार कटेल यसअघि नै फाइनल भइसकेका छन् ।

करिब १६ वर्षपछि भुवन र शिवले सहकार्य गर्न लागेका हुन् । रामकाजी घिमिरेको लेखन रहने फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया/एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, राम्जी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत, राम्जी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर