म्यूजिक भिडियोमा मात्रै होकी अब फिल्ममा पनि फर्किन्छन् राजेश हमाल ! — OSNepal

म्यूजिक भिडियोमा मात्रै होकी अब फिल्ममा पनि फर्किन्छन् राजेश हमाल !

LC (KTM) August 17, 2021 0

काठमाडौँ । अभिनेता राजेश हमाललाई लिएर बेलाबखतमा ‘महानायक’को टाइटलबारे विवाद हुने गरेको छ । केहि पक्षले उनको निरन्तरतालाई सम्झिँदै महानायक मान्नु पर्ने तर्क राख्छन् भने केहि त्यो मान्न तयार छैनन् । यस विषयमा हमाल भने घुमाउरो शैलीमा आफुलाई ‘महानायक’ मान्दछन् । पछिल्लो समय फिल्मी पर्दाबाट केहि टाढा रहेका हमालले आफूलाई सानो पर्दामा भने व्यस्त बनाइरहेका छन् ।

पछिल्लो समय फिल्म भने छानेर गर्ने बताउने हमाल म्युजिक भिडियो भने निरन्तर गरिरहेका छन् । उनलाई बेलाबखतमा ‘जस्तो पनि’ भिडियो खेलेको आरोप पनि लाग्ने गरेको छ । फिल्म अफर हुँदा पछिल्लो समय सजगता देखाउने हमाल भिडियोमा त्यसको प्रवाह गर्न छाडिसकेका छन् । उनले पछिल्लो समय अभिनय गरेको भिडियो आएकोसमेत दर्शकले पत्तो पाउन छाडेका छन् ।

सानो पर्दामा क्विज शो गर्दासमेत आफ्नो छवि बचाएका हमालले म्युजिक भिडियोमा भने त्यसलाई बचाउन सकेनन् । उनले अभिनय गर्ने म्युजिक भिडियोको अडियो होस् या भिडियो, उनकै फ्यानले समेत ‘एडजस्ट’ गर्न छाडिसके । पछिल्लो समय ‘सत्यम’ फिल्म साइन गरेका हमालले पर्दामा क्रेज फर्काउलान् या नफर्काउलान् यो त आउँदा दिनले बताउला । तर , पछिल्लो समय म्युजिक भिडियो गरिरहेको शैली हेर्ने हो भने उनले आफ्नै हार्डकोर फ्यान पनि नभड्काउलान् भन्न सकिन्न !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर