काठमाडौं १ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले लोकतन्त्रमा दल विभाजन हुनु जटिल बैधानिक प्रक्रिया भएको जनाएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएसँगै सत्ता पक्षबाटै विरोध आइरहेको बेला प्रतिपक्षीका नेता बस्नेतले पनि सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको परमादेशवाला मापसे सरकारलाई सडकमा पुर्याउने चेतावनी दिएका छन् ।
बिगतमा केपी ओली सरकारले अध्यादेश ल्याउदाँ साना दल भित्रको निरंकुशता अन्याय र थिचोमिचोको बिरुद्ध बिद्रोह गर्न चाहेका तत्कालिन संघीय समाजबादी दलका सांसदहरुलाई एमालेमा ल्याउने मूल धेय थियो। तत्कालिन नेकपाका दोश्रो अध्यक्ष प्रचण्ड,माधब नेपाल अनि बिपक्षी कांग्रेस र सो पार्टीका नेताहरुले रोइलो गरेका कारण सरकारले उक्त अध्यादेश फिर्ता लियो ।
आज इतिहास फेरी दोहोरीएको छ। तिनै लोकतन्त्रबादी , अग्रगामी ,भनिने मापसे वाला सरकारले एमाले बिभाजन गर्ने र आफ्नो सत्ताको रोटी सेकाउने स्वार्थका साथ सो भन्दा कम २० प्रतिशत थ्रेसहोल्ड वाला अध्यादेश ल्याएको छ। उनले भनेका छन् । यसको विरोधमा आज साँझ पाँच बजे राष्ट्रीय युवा संघ नेपालले बानेश्वरमा गर्ने बिरोध कार्यक्रममा समेत गर्ने बताएका छन् ।
उनले लेखेका छन्–लोकतन्त्रमा दल विभाजन हुनु जटिल बैधानिक प्रक्रिया हो। कुनै दल बिभाजन हुँदा लोकतन्त्र र राजनैतिक स्थिरतामा सपोर्ट पुग्दा राम्रै हो। बिगतमा केपी ओली सरकारले अध्यादेश ल्याउदाँ साना दल भित्रको निरंकुशता अन्याय र थिचोमिचोको बिरुद्ध बिद्रोह गर्न चाहेका तत्कालिन संघीय समाजबादी दलका सांसदहरुलाई एमालेमा ल्याउने मूल धेय थियो। तत्कालिन नेकपाका दोश्रो अध्यक्ष प्रचण्ड,माधब नेपाल अनि बिपक्षी कांग्रेस र सो पार्टीका नेताहरुले रोइलो गरेका कारण सरकारले उक्त अध्यादेश फिर्ता लियो । आज इतिहास फेरी दोहोरीएको छ। तिनै लोकतन्त्रबादी , अग्रगामी ,भनिने मापसे वाला सरकारले एमाले बिभाजन गर्ने र अफ्नो सत्ताको रोटी सेकाउने स्वार्थका साथ सो भन्दा कम २० प्रतिशत थ्रेसहोल्ड वाला अध्यादेश ल्याएको छ। चालु संसदको अधिबेशन हठात अन्त्य गरेर । हिजो संसद विघटन प्रकृयाको बारेमा अनेक कु तर्क गरेर एमाले प्रतिगमनकारी अनि आफु अग्रगामी र क्रान्तिकारी दाबी गर्ने देउवा प्रचण्ड र माकुने मिलेर जे हर्कत गर्दैछन्। जसको कारण एमाले पंक्तिलाई आक्रोसित र आन्दोलित गराएको छ। स्वभाविक हामी यो गलत कदमको सशक्त प्रतिवाद गर्दछौ। यो परमादेशवाला मापसे सरकारलाई सडकमा पुर्याउने ।यसै सन्दर्भमा आज साँझ ५ बजे राष्ट्रीय युवा संघ नेपालले बानेश्वरमा गर्ने बिरोध कार्यक्रममा सहभागी बनौं।