काठमाडौं १ भदौ । आज बसेको मन्त्रिपरिषद्को बैठकले दल विभाजन सम्बन्धि अध्यादेश जारी गरेसँगै जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी थालेको छ ।
सरकारले जारी गरेको अध्यादेशको स्वागत गर्दै ठाकुर पक्षका लक्ष्मणलाल कर्णले अब नयाँ दल दर्ता गर्ने गृहकार्यमा आफुहरु लागेको बताएका छन् ।
कर्णले भने,‘नयाँ पार्टी दर्ता गर्ने गृहकार्यमा छौं, उपेन्द्र यादवसँग सँगै रहने अवस्था छैन्’ ।
जिल्लास्तरीय कार्यकर्ता भेलासमेत नयाा दल दर्ता गर्न सुझाव आएपछि आफुहरु यस प्रक्रियामा लागेको बताएका छन् ।
नयाँ पार्टीको नाम जसपा लोकतान्त्रिक’ राख्ने तयारी समेत भइरहेको उनले जनाएका छन् । आज जारी गरेको अध्यादेशले संसदीय दलमध्ये एकमा २० प्रतिशत भए पार्टी फुटाउन सकिने भनेसँगै आफुसँग भएको १० भन्दा बढी सांसदहरुको साथमा नयाँ पार्टी खोल्न तयारी गरेको बताएका छन् ।