कोरोना सङ्क्रमितका लागि भारतमा टू-डीजी नामक औषधि प्रयोग गर्न अनुमति — OSNepal

कोरोना सङ्क्रमितका लागि भारतमा टू-डीजी नामक औषधि प्रयोग गर्न अनुमति

LC (KTM) May 18, 2021 0

काठमाडौं- भारतमा कोरोना सङ्क्रमितका लागि टू-डीजी नामक औषधि प्रयोग गर्न अनुमति दिइएको छ । कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा विकास गरिएको नयाँ औषधिले अनुमती पाएपछि सोमबार लन्च गरिएको हो ।

कोभिडबाट अति प्रभावित दिल्लीका अस्पतालहरूमा यो औषधि पहिलो पटक प्रयोग गरिनेछ ।औषधि कोभिडबाट ‘पीडित भएकाहरूका लागि अत्यन्तै लाभदायक’ रहेको भारत सरकारले दाबी गरेको छ । टू-डीअक्सी-डी-ग्लुकोज वा टू-डीजी औषधि डिफेन्स रिसर्च डेभलपमेन्ट अर्गनाइजेशन (डीआरडीओ)ले डक्टर रेड्डीज नामक औषधि उत्पादकसँगको सहकार्यमा विकास गरेको हो ।

भारतमा कोरोनाका कारण मृ त्युदरमा अपेक्षा गरिएअनुसार कमी नआएपछि यसलाई उपचारका क्रममा प्रयोग गर्न अनुमति प्रदान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर