काठमाडौं १ भदौ । नेकपा एमालेका नेता घनश्याम भुसाल पार्टी एकताको लागि अन्तिम प्रयास स्वरुप अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका छन् ।
वरिष्ठ नेता माधव नेपालसँगको छलफल पछि नेता भुसाल बालकोट पुगेका हुन् । एकताको लागि ढोका खुल्ला भएको भन्दै भुसालले अध्यक्ष ओलीसँग लहिलेसम्म गरेका सबै निर्णय खारेज गर्नुपर्ने शर्त अगाडी सारेको जनाइएको छ ।
यता ओली पक्षले भने आज नेपालसहित १४ जनालाई सांसद पदबाट मुक्त गर्न संसद सचिवालय पत्र पठाएका छन् ।