काठमाडौँ १ भदौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलको बिभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर ब्यबस्था र संबिधानलाई धारासायी पार्ने शुनियोजित षड्यन्त्र भएको बताएका छन् ।
आमाको शोकमा बसिरहेका नेता भट्टराईले कुनै राजनीतिक टिप्पणी गर्ने ईच्छा नहुँदा नहुँदै पनि आजको संगिन दिनमा यत्ति टिप्पणी गरेको छु, अन्यथा नमानिदिनु होला भन्दै सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् ।
यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोली पनि गलत नै हुनेछ । बिगतको फोहोरी राजनीतिक अभ्यासका दुस्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु समकालिन नेत्रित्वको घोर असफलता भएको उनको ठहर हरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यो अध्यादेश विना शर्त फिर्ता लिनुपर्छ । त्यसैगरी पार्टी एकताको लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले मुलुक र भावि पुस्ताको भबिस्यलाई संझेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नु पर्ने समेत बताएका छन् ।
उनले लेखेका छन्,’राजनीतिक दलको बिभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर ब्यबस्था र संबिधानलाई धारासायी पार्ने शुनियोजित षड्यन्त्र हो । यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोली पनि गलत नै हुनेछ ।बिगतको फोहोरी राजनीतिक अभ्यासका दुस्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु समकालिन नेत्रित्वको घोर असफलता हो । आजका दिनमा प्रम शेर ब। देउवाले यो अध्यादेश बिनासर्त फिर्ता लिनु पर्दछ । कमरेड केपी ओली र कमरेड माधव नेपालले मुलुक र भावि पुस्ताको भबिस्यलाई संझेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नु पर्दछ ।
आमाको दुस्खत निधनको शोकमा बसिरहेको बेलामा कुनै राजनीतिक टिप्पणी गर्ने ईच्छा नहुँदा नहुँदै पनि आजको संगिन दिनमा यत्ति टिप्पणी गरेको छु, अन्यथा नमानिदिनु होला । ‘