ओलीले ल्याउँदा विरोध गर्ने अनि अहिले आफैं पार्टीको बैठकमा समेत छलफल नगरी अध्यादेश ल्याउने ? भन्दै रिसाए शेखर कोइराला — OSNepal

ओलीले ल्याउँदा विरोध गर्ने अनि अहिले आफैं पार्टीको बैठकमा समेत छलफल नगरी अध्यादेश ल्याउने ? भन्दै रिसाए शेखर कोइराला

LC (KTM) August 17, 2021 0

मोरङ- सत्तारुढ दल कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी ल्याउन लागेको अध्यादेश गलत भएको बताएका छन् ।विराटनगरस्थित कोइराला निवासमा कुरा गर्दै उनले ओली सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने अनि अहिले आफैं अध्यादेश ल्याउने ? भन्दै प्रश्न गरेका छन् ।

‘सरकारले संसद्लाई बलियो बनाएर अघि बढ्नुपर्ने अवस्थामा हठात् संसद् अन्त्य गरेर अध्यादेशमार्फत देश चलाउनु आवश्यक नभएको बताएका छन् ।

सरकारले आफ्नो सुविधा अनुसार सरकार सञ्चालनका लागि अध्यादेश ल्याउनु ठीक भएपनि यसले लोकतन्त्र हुने उनले बताए ।पार्टीको बैठकमा समेत छलफल नगरी अध्यादेश ल्याउनु राम्रो नभएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर