दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने नेकपा एमालेको निणर्य — OSNepal

दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने नेकपा एमालेको निणर्य

LC (KTM) August 17, 2021 0

काठमाडौँ १ भदौ । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए त्यसलाई नेकपा एमालेले प्रतिवाद गर्ने भएको छ ।

एमालेको आज बसेको स्थायी कमिटिको बैठकमा संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याए त्यसको प्रतिवाद गर्ने चेतावनी सरकारलाई दिइएको हो । दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद बैठकपछ पार्टी प्रकक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।

हतार संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउ यसले लोकतान्त्रिक प्रणालीलाई नै विभाजित बनाउने र संकटतिर धकेल्ने एमालेको आज बसेको बैठकले निष्कर्ष निकालेको छ । ज्ञवालीले ‘त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार स्वयं जिम्मेवार हुनुपर्ने भन्दै चेतावनी समेत दिएका छन् ।

वरिष्ठ नेता माधव नेपाललाई लक्षित गर्दै ज्ञवालीले भनेका छन् , ‘दलका केही अराजक र पदलोलुप व्यक्तिहरुलाई विभाजनका लागि वैधानिक आधार प्रदान गर्ने र लोकतान्त्रिक प्रणालीभित्र चरम विकृति र भ्रष्टता भित्राउने तयारी जुन गरिएको छ, यो विषय अत्यन्त आपत्तिजनक, निन्दनीय र अस्वीकार्य छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर