कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी भएकाले कांग्रेसले एमाले फुटाउन खोज्नु स्वाभाविक हो : भीम आचार्य — OSNepal

कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी भएकाले कांग्रेसले एमाले फुटाउन खोज्नु स्वाभाविक हो : भीम आचार्य

LC (KTM) August 17, 2021 0

काठमाडौं भदौ १ । नेकपा एमालेका सचिव भीम आचार्यले कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी भएकाले कांग्रेसले एमाले फुटाउन खोज्नु स्वाभाविक भएको बताएका छन् । आज एक कार्यक्रममा सहभागी भएका आचार्यले आफ्नो समुह पार्टी एकताको लागि अन्तिम समयसम्म पनि लाग्न तयार भएको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

वरिष्ठ नेता माधव नेपालले एमाले पार्टी फुटाउन नचाहेको पनि उनले बतएका छन् । पार्टी फुटाएर समस्या समाधान नहुने भएकाले १५ वर्ष पार्टीको नेतृत्व गरेका र मुलुकको प्रधानमन्त्री भइसकेका माधवकुमार नेपालजस्तो जिम्मेवार नेताले पार्टी विभाजन गर्नु हुन्छ भन्ने आफुलाई विश्वास नभएको कार्यक्रममा बताएका छन् ।

कांग्रेसको इसारा उमाले नि अगाडी बढ्ने भन्दै उनले भने, “कांग्रेसले एमाले फुटोस्, टुक्रियोस् भन्ने चाहला तर हामी उसको इच्छामा किन फुट्ने रु कुरा कति जना कति प्रतिशत होइन, कुन दिशामा जाने, कुन बाटोमा हिँड्ने हो भन्ने हो । पार्टी एकताका लागि अन्तिम प्रयत्न गर्ने कि नगर्ने भन्ने हो यो आन्दोलन जोगाउन लाग्ने कि नलाग्ने भन्ने हो ।”

‘हिजो केपी ओलीले अध्यादेशले शासन चलाउने प्रक्रिया र तरिकाको आमीले विरोध गरेका हौं । अध्यादेश ल्याएर अर्काको दल फुटाउने कदम चाल्नु अहिले पनि गलत हो । त्यसैले लोकतन्त्रको स्थायित्व, संविधानको रक्षा, देशको विकास र समृद्धिमा अप्ठ्यारो पर्छ, कार्यक्रममा उनले भनेका छन् , घटनाक्रम कसरी अघि बढ्छ, त्यसपछि मात्र हामी सल्लाह गरेर अघि बढ्छौं । मलाई अझै पनि एमाले फुट्छ जस्तो लाग्दैन । पार्टी एकताका लागि दबाबमुलक कार्यक्रम हो । कसैले अध्यादेश ल्याउँदैमा पार्टी फुटाउने कुरा आउँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर