अफगानिस्तानबाट अमेरिकी एयरफोर्सको सहायतामा कतार पुगेका १२७ जना नेपाली काठमाडौं आइपुगे — OSNepal

अफगानिस्तानबाट अमेरिकी एयरफोर्सको सहायतामा कतार पुगेका १२७ जना नेपाली काठमाडौं आइपुगे

LC (KTM) August 17, 2021 0

काठमाडौँ १ भदौ । अफगानिस्तानमा रहेका १२७ जना नेपाली काठमाडौं आइपुगेका छन् । उनीहरु अमेरिकी एयरफोर्सको सहायतामा कतार पुगेका थिए ।

आज जजिरा एयरको विमानमार्फत् कतार हुँदै उनीहरु काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

अफगानिस्तानबाट उद्दार गरिएका नेपालीलाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोली पुगेको छ ।

उनीहरु सबैलाई सामाखुसीस्थित एक आइसोलेसन सेन्टरमा राखिने जनाइएको छ । त्यसपछि मात्र घर पठाइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर