क्यानडाले आफ्ना सबै नागरिक लैजाँदा दुतावासका नेपालीलाई छाडेको भन्दै क्यानडाका प्रधानमन्त्रीको चर्को आलोचना — OSNepal

क्यानडाले आफ्ना सबै नागरिक लैजाँदा दुतावासका नेपालीलाई छाडेको भन्दै क्यानडाका प्रधानमन्त्रीको चर्को आलोचना

LC (KTM) August 17, 2021 0

काठमाडौं। यतिबेला अफगानिस्तान छाड्नेहरुको विमानस्थलमा लाम नै लागेको छ । विभिन्न देशले अफगानिस्तानबाट आफ्ना नागरिकहरु धमाधम ल्याइरुहेका बेला नेपालीहरुको विषयले पनि स्थन पाएको छ ।

यसैबिच क्यानडाले अफगानिस्तानस्थित आफ्नो दूतावासको सबै कामकाज बन्द गरेर आफ्ना नागरिकलाई फिर्ता लग्यो । तर उसले दूतावासको सुरक्षामा खटिएका पूर्व गोर्खाली सुरक्षाकर्मीलाई भने वेवास्ता गरेपछि अहिले बेलायती प्रधानमन्त्रीको अर्को आलोचना भइरहेको छ ।

काबुलस्थित क्यानडाको दुतावासको सुरक्षाका लागि १०० जना पूर्व गोर्खा सैनिक खटिएका छन् । १०० जना पूर्व गोर्खा सैनिकहरुलाई वेवास्ता गरेको भन्दै क्यानडाको छायाँ सरकारका रक्षा मन्त्री ज्याक ह्यारिसले आक्रोश पोखेका छन् । उनले एक ट्विट गर्दै यो विषयले आँफु दुखी भएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर