स्कुल अफ व्युटीसियन आइटिसीको १८ औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न — OSNepal

स्कुल अफ व्युटीसियन आइटिसीको १८ औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न

LC (KTM) August 16, 2021 0

काठमाडौँ – स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरको १८ औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न भएको छ। बरिष्ट सौन्दर्यबिद रुस्का श्रेष्ठ बैधले ‘स्कुल अफ व्युटीसियन’को स्थापनाको १८ औं बार्षिकोत्सव एक भब्य समारोह बीच मनाएकी हुन्। उनको ट्रेनीङ सेन्टर, ब्युटिपार्लर काठमाडौंको नक्साल र काभ्रेको बनेपामा रहेको छ ।

प्रमुख अतिथि सिटिइभिटीका बागमती प्रदेस प्रमुख तैलेन्द्र आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिसेष अतिथिमा डिस्ट्रिक गभर्नर लायन केशब पाण्डे रहेका थिए। ‘स्कुल अफ व्युटीसियन’ आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टर बाट व्युटिसियन प्रशिक्षण लिएका ४० जना व्युटिसियन विधार्थीहरुलाई उक्त कार्यक्रममा सम्बन्धित कोर्ष उतिर्ण गरेको प्रमाणपत्र प्रदान गरिएको थियो।

बार्षिकोत्सव समारोहमा बोल्दै रुस्का श्रेष्ठ बैद्यले १८ बर्ष अगाडि स्थापना गरेको यो स्कुल अफ ब्युटिसियनले प्रशिक्षण र व्युटी सेवा दुबै क्षेत्रमा योगदान दिँदै आएको बताईन् । हजारौ नारीहरुलाई सौन्दर्य सिप सिकाएर रोजगार सहित आत्मानिर्भर बनाउँदा पाउँदा खुसी लागेको भनाई उनले सो कार्यक्रममा राखिन् । १८ बर्षको अबधिमा आफुले काठमाडौं र बनेपामा गरि करिब १० हजार भन्दा बढी व्युटिसियनहरुलाई प्रशिक्षण दिएर यो पेशामा ल्याएको पनि बताईन् ।

पूर्व मिस नेपाल उषा खड्की बरिष्ट सौन्दर्यबिदहरु सिता पाठक, सोनी कारँजित, सुमित्रा रँजित, रश्मिला श्रेष्ठ, लक्ष्मी महत, रचना शाक्य, रिना अवाले, रेणु शाक्य राना, मोडल शिलास्मा हमाल र दिक्पाल कार्की, संचारकर्मी सुर्य चन्द, बरिष्ट पत्रकार डब्बु क्षेत्रि सहित विभिन्न सौन्दर्यकर्मीहरुले बरिष्ट सौन्दर्यबिद रुस्कालाई बार्षिकोत्सवको बधाई तथा शुभकामना दिएका थिए ।

कम्पनिको नयाँ ट्रेडमार्क(लोगो) लन्च सहित केक काटेर मनाईएको सो कार्यक्रममा उधमी महिला, व्युटिसियन सहित समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरु तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन मोडल रुबिश्का श्रेष्ठले गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर