राजसंस्था र हिन्दु राष्ट्रको बलमा राप्रपाले देशव्यापी लहर ल्याउछ — OSNepal

राजसंस्था र हिन्दु राष्ट्रको बलमा राप्रपाले देशव्यापी लहर ल्याउछ

LC (KTM) August 16, 2021 0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजसंस्था र हिन्दु राष्ट्रको बलमा राप्रपाले देशव्यापी लहर ल्याउने दावी गरेका छन् ।

‘राप्रपा संसद अन्तर्गतको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्रमा विश्वास गर्ने दल हो । यी मान्यताका पक्षमा एक समय निकै राम्रो वातावरण बनीसकेको थियो । संसद विघटनको घटनाले देश र जनताको ध्यान अन्यत्र मोड्यो । तर त्यो राजनीतिक संभावना, आवश्यकता अझ पनि कायम छ,’ अध्यक्ष लोहनीले सोमबार सम्पन्न राप्रपाको कार्य सम्पादन समितिको वैठकलाई सम्बोधन गर्दै भने ।

राष्ट्रिय आवश्यकताका आधारमा, राप्रपाले जनलहर ल्याउने, जनताको समर्थन प्राप्त हुने प्रशस्त आधार कायम रहेको उनको दावी थियो ।‘सडकमा आउँदा राप्रपाले जनसमर्थन प्राप्त गरेकै हो । स्वतःस्फूर्त प्राप्त समर्थनलाई कम गर्न आंकलन गर्न मिल्दैन । वातावरण मिलाए, अहिले पनि जनताले साथ दिनेछन्, त्यो संभावना अझ पनि कायमै छ,’ लोहनीले भने ।

राप्रपा कुनै पनि दलको पुच्छर भएर होइन, आफ्नो स्वाभीमानमा अडेर अघि बढ्ने उनले बताए । ‘आवश्यकता अनुरुप चुनावी गठबन्धन गर्नु नै पर्दछ । तर गठबन्धन गरेकै आधारमा कुनै दलको पिछलग्गू भएको भनेर सोच्नु हुँदैन,’ वैठकलाई सम्बोधन गर्दै लोहनीले भने ।

राप्रपा अब फुट्दैन भन्दै उनले भने, ‘महाधिवेशन पछि राप्रपा दुई फ्याक हुन्छ कि भन्ने आशंका होला, निश्चिन्त रहे हुन्छ, अब पार्टी विभाजन हुँदैन । हामीलाई त्यो सुविधा प्राप्त छैन ।’

आइतबारबाट आरम्भ भएको राप्रपाको दुई दिने कार्य सम्पादन समितिको वैठक सम्पन्न भएको छ । राप्रपाको महाधिवेशन कार्तिक २७, २८, २९ र ३० गतेलाई तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर