कृषला चौधरीको हत्या प्रकरण : आफ्नो घर बिर्गान खोजेको भन्दै हत्या गरेको स्विकार — OSNepal

कृषला चौधरीको हत्या प्रकरण : आफ्नो घर बिर्गान खोजेको भन्दै हत्या गरेको स्विकार

LC (KTM) August 16, 2021 0

उदयपुर ३२ साउन । जिल्लाको त्रियुगा नगरपालिका–६ मोहनपुरकी १७ वर्षीया किशोरी कृषला चौधरीको हत्यारालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

गत साउन १३ गते दिउँसा ३ बजेबाट वेपत्ता भएकी चौधरीको शव सामुदायिक वन समुहको रातमाटे खहरेखोलामा बिभत्स तरिकाले हत्या गरिएको अवस्थामा फेला बाँस काट्न जानेहरुले फेला पारेका थिए ।

फेला परेसँगै प्रहरीलाई खवर गरिएको थियो । उनको हत्याको अभियोगमा प्रहरीले सप्तरी सुरुङ्गा १ का उचितलाल सदा र विषे सदा पक्राउ गरेको छ ।

हत्यामा संलग्न परेका उचितलाल सदाले आफ्नो पहिलो घर पनि बिग्रिएकोले फेरि त्यस्तो नहोस् भनेर हत्या गरेको स्विकार गरेका छन् ।

निजको श्रीमती र मृतक किशोरी साथी साथी भएकाले घरमा आउ जाउ थियो । जसको कारण आफ्नो घर बिग्रान लागेको भन्दै सोही दिन फोन गरेर बोलाई राति साँढे १० बजे जंगलमा हत्या गरिएको प्रहरीलाइ दिएको बयानमा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर