प्रधानमन्त्री , कुलमान लगायतलाई विपक्षी बनाई शाक्यले दायर गरे सर्वोच्चमा रिट — OSNepal

प्रधानमन्त्री , कुलमान लगायतलाई विपक्षी बनाई शाक्यले दायर गरे सर्वोच्चमा रिट

LC (KTM) August 16, 2021 0

काठमाडौँ ३२ साउन । तत्कालिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रधानमन्त्रीलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको मन्त्रिपरिषद्को निणर्य र उर्जामन्त्री पम्भा भुसालको निणर्यले गर्दा प्राधिकरणको कार्यकारी पदबाट मुक्त भएका शाक्यले आज सोमबार आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको भन्दै रिट दायर गरेका हुन् ।

रिटमा शाक्यले त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग उल्लेख गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर