काठमाडौँ ३२ साउन । नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै आपत्ती जनाएका छन् ।
आज बसेको संसद बैठकमा बस्नेतले नेकपा एमाले विभाजन गर्न ल्याउन लागेको अध्यादेश प्रति आपत्ती जनाएका हुन् ।
संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याए इतिहासमा आजको दिन कालो दिनको रुपमा रहने बताएका छन् । संसद बैठकमा उनले भनेका छन् ।, ‘डेढ महिनासम्म हिजो संसदीय व्यवस्था चुनौती दिने र केपी ओली सरकारलाई गाली गर्ने सरकारले आज यो निर्णय ग¥यो भने संसदीय इतिहासमा कालो निर्णय हुनेछ ।’
एमाले विभाजन गर्ने अध्यादेश ल्याउनलागेको भन्दै विरोध जनाएका छन् । डेढ महिना देखि चलेको संसद बैठकमा श्रद्धाञ्जली, शून्य समय र प्रतिवेदन पेश गर्नेबाहेक कुनै काम नभएको समेत बस्नेतले बताएका छन् ।