यति महंगो होटलमा बस्छन् फुटबल स्टार मेस्सी , एक रातको भाडा मात्रै १७ लाख — OSNepal

यति महंगो होटलमा बस्छन् फुटबल स्टार मेस्सी , एक रातको भाडा मात्रै १७ लाख

LC (KTM) August 16, 2021 0

अर्जेन्टिनाका दिग्गज फुटबलर लियोनल मेस्सी प्राय जसो सधै चर्चामा रहने गरेका छन् । हालै उनले बार्सिलोना छोडेका छन् । यो क्लबमा रहेर उनले १७ बर्ष सम्म ब्यवसायिक फुटबल खेले । मेसी अब पेरिस सेन्ट जर्मन पीएसजीमा अनुबन्धित भएका छन् ।

अहिले उनी पेरिसको एक होटलमा बस्दै आएका छन् । उक्त होटलको समेत चर्चा चुलिएको छ । रिर्पाेटका अनुसार मेस्सी उनको पत्नी तथा ३ सन्तानका साथ पेरिसको ले रोयल मोंसेउ होटलमा बसीरहेका छन् । यो होटल संसारको महंगो होटल मध्ये एक हो । यो होटलमा एक रात बस्नको लागि मात्रै करीब १७ लाख ५० हजार तिर्नु पर्छ ।

यो फाइभ स्टार होटलमा एउटा पूल, सिनेमा हल तथा एकदमै राम्रो फ्रेन्च परिकारहरु रहेको छ । यस बाहेक होटल पेरिसकै सबैभन्दा शानदार ठाउँमा बनाइएको छ । मेस्सीको कोठा बाट उनको परिवारले पेरिसको एकदमै सुन्दर ठाउँहरुको दृश्यावलोकन गर्न सक्छ ।

यस होटलले विन्सटल चर्चिल, वाल्ट डिज्नी तथा रोबर्ट डी नीरो लाई पनि सेवा दिई सकेको छ । मेस्सीले अहिले पीएसजी संग २ बर्षको संझौता गरेका छन् । मेस्सीलाई प्रत्येक बर्ष लगभग ३५ मिलियन युरो पीएसजीले दिने शर्त रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर