काठमाडौँ ३२ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्दार गर्न सरकारको ध्यानाकषर्ण गराएका छन् ।
आज सामाजिक सञ्जाल मार्फत उनले यस आपातकालीन अवश्थामा सर्वाधिक महत्वको कुरा त्यहॉ रहेका नेपालीहरुको सुरक्षा र ऊद्दार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् भनेका छन् ।
हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम प्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। उनले भनेका छन् ।
यस परिस्थितिको आफ्नो व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पुर्ण पहल र सहयोग हुने पनि जानकारी गराएका छन् ।
: हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम प्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। यस आपातकालीन अवश्थामा सर्वाधिक महत्वको कुरा त्यहॉ रहेका नेपालीहरुको सुरक्षा र ऊद्दार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् ,उनले भनेका छन्, यसका लागि मेरो व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पुर्ण पहल र सहयोग हुने पनि जानकारी गराउँदछु।”