आहा कति रमइलो छहरा झरना,गर्मी छल्नका लागि गएका आन्तरिक पर्यटकहरूको लाग्यो भिड — OSNepal

आहा कति रमइलो छहरा झरना,गर्मी छल्नका लागि गएका आन्तरिक पर्यटकहरूको लाग्यो भिड

LC (KTM) August 16, 2021 0

डडेल्धुरा । डोटीको छहरा झरना पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । जिल्लाको जोरायल गाउँपालिका–२ छतिवनमा रहेको झर्नामा दैनिक हजारौं मानिसहरू पुग्ने गरेका छन् ।

झर्ना हेर्न कैलाली, कञ्चनपुरलगायत पहाडका डोटी, डडेल्धुरा, बैतडी, बाके र बर्दियाबाट समेत मानिसहरू आउने गरेको स्थानीय बताउँछन् । छहरामा तराईका जिल्लाबाट गर्मी छल्नका लागि आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् ।

हरियाली जंगलको माथी चट्टान छ त्यसै चट्टानबाट पानी तल झर्छ। सुन्दर र अनुपम आकर्षक छहरा झरना हेर्ने मानिसहरूको भीड लाग्ने गरेको छ । कोरोनाको जोखिमका बीच झरनामा रमाउनका लागि आउने पर्यटकको संख्या दिनहुँ बढ्दै गएको छ ।

झरनासम्म पुग्न सडक बाटोको व्यवस्था भएपनि हजारौंको संख्यामा मानिसहरू गाडी÷मोटरसाइकल लगेर पुग्ने भएकोले सडकमा दिनहुँ जाम लाग्ने गर्दछ। यो झरना टीकटकका कारण भाइरल भएको कतिपयको भनाइ छ ।

झरनामा रमाइलो गर्न आउने पर्यटक तथा यहाँका स्थानीयबासीले झरनामा रमाइरहेको फोटो तथा भिडियो सामाजिक सञ्जाल फेसबुक र टीकटकमा पोस्ट गर्दै यसको प्रचारप्रसारमा समेत जुटेका छन् ।
कोरोनाले यहाँका होटेल सुनसान थिए । तर, छहरा झरना अवलोकन तथा भ्रमणका लागि आउने पर्यटकका कारण अहिले यहाँका होटेल व्यवसाय फस्टाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर